
काठमाडौँ- पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरू सुरक्षा दिएर बसेका छन् ।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दाबी गरिरहेका बेला पार्टी केन्द्रीय कार्यालय आउन सक्ने भन्दै देउवापक्षीय युवा बिहीबारदेखि नै कार्यालय परिसरमा बसेका हुन् ।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको अगुवाइमा युवाहरू बिहीबार साँझदेखि केन्द्रीय कार्यालय बसिरहेका हुन् ।
केन्द्रीय कार्यालयमा शुक्रबार बिहान बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ पनि देखिएका छन् ।