रवीन्द्रको कटाक्ष– रवि ठग, बालेन फटाहा !

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रवीन्द्रको कटाक्ष– रवि ठग, बालेन फटाहा ! राष्ट्रिय जनमुक्ति पार्टीबाट नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका रवीन्द्र श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठग र काठमाडाैँ महानगरका मेयर बालेन शाहलाई फटाहा भन्दै कटाक्ष गरेका छन् ।

उनले चुनाव नभई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकोमा आपत्ति जनाए ।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजित एकता समायोजन कार्यक्रममा बोल्दै उनले रास्वपाका सभापति आफै सहकारी ठगीमा लागेको आरोप लगाए ।

‘चुनाव भएको छैन अहिले नै प्रधानमन्त्री घोषणा गरिसके । सबै पार्टीमा सहकारी ठगीका छिटपुट घटना होलान् । तर सभापति नै सहकारी ठग, चुनाव हुन पाएको छैन, बजेट बनाउनोस् रे ! ठगको आँखा बजेटमा हुँदो रहेछ । पैसामा रहेछ । यस्ता भ्रमबाट जनता मुक्त हुन जरुरी छ’, उनले भने ।

अहिले देश बिचारविहीन र नेतृत्वविहीन भएकाले आफूहरू नेकपा प्रवेश गरेको जिकिर गरे ।