भारतमा ‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतमा ‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशनडेलिभरी कामदारको सुरक्षामा चिन्ता व्यक्त गर्दै भारत सरकारले सबै क्विक–कमर्स प्लेटफर्मलाई ‘१० मिनेटभित्र डेलिभरी’ दिने वाचा हटाउन निर्देशन दिएको छ ।

सङ्घीय श्रम मन्त्रालय र कम्पनीका प्रतिनिधिहरूबिचको छलफलपछि यस्तो निर्णय गरिएको हो । यस्तो सेवा दिएर कम्पनीहरूले कामदारको काम गर्ने वातावरण खतरनाक बनाएको भन्दै देशभरमा विरोध प्रदर्शन भएको थियो ।

छिटो डेलिभरीको प्रलोभन देखाएर गिग कामदारमाथि अत्यधिक दबाब र जोखिम बढाएको आरोप जोमाटो, ब्लिन्किट र जेप्टोजस्ता एप्सले खेप्दै आएका थिए ।

गत महिना डेलिभरी कामदारहरूले सुरक्षित कार्यस्थल र उचित पारिश्रमिकको माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । सबै कम्पनीहरूले यसलाई पूरै पालना गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट भइसकेको छैन । सरकारले कठोर समयसीमाको प्रचार नगर्न आग्रह गरेपछि ब्लिङ्किट लगायत केही कम्पनीले आफ्नो ब्रान्डिङबाट ‘१० मिनेट’ शब्द हटाइसकेका छन् ।

आगामी दिनमा अन्य एपले पनि यसलाई अपनाउने अपेक्षा गरिएको छ । तर मंगलबार भारतका कयौँ स्थानमा एपमा अनुमानित डेलिभरी समय १० मिनेटभन्दा कम नै आएको थियो ।

धेरैले डार्क स्टोर वा आवासीय क्षेत्र नजिकै सेवा सञ्चालन गर्ने भएकोले पनि डेलिभरीको समय कम देखिएको हुन सक्ने ठानिएको छ ।