कास्कीस्थित ढुङ्गेसाँघु पर्यटन स्थल संरक्षण समितिको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ।
पोखरा–१७ का जनप्रतिनिधि शिबराम भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको कार्यक्रममा शिबीन्द्र राज भण्डारीले अध्यक्षता र विक्रम भण्डारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा तेजबहादुर थापा मगरलाई सम्मानसमेत गरिएको छ।
अधिवेशनबाट सर्वसम्मत रूपमा लेख राज भण्डारी अध्यक्ष चयन हुनुभएको छ। उपाध्यक्षमा इशारा थापा मगर, सचिवमा अनिसा गिरी, कोषाध्यक्षमा सन्तु माया श्रेष्ठ चयन हुनुभएको छ। सदस्यहरूमा लोकराज कोइराला, मुक्ति भण्डारी, तेजबहादुर थापा मगर, मिना श्रेष्ठ र मनबहादुर मोक्तान चयन हुनुभएको छ।