नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले हाल निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो बताएका हुन्
‘हामी आर्थिक किसिमले दबाबमा छौं, सामाजिक किसिमले फ्रस्ट्रेसनमा छौं, व्यावसायिक किसिमले अस्थिर र मनोबल गिरेको अवस्थामा छौं,’ उनले भने ।
सापकोटाले हाल समाज दुई भागमा विभाजित भएको समेत बताए । एक पक्ष निजी क्षेत्र देशको अर्थतन्त्र राम्रो बनाउन प्रयास गरिरहेको र अर्को पक्ष राजनीति कब्जा गर्न दौडिरहेको उनले बताए । जसमा पत्रकार, कलाकार समेत दौडिरहनु दु:खद रहेको उनले बताए ।
।