नेपाललाई बंगलादेश बन्न दिन हुँदैन: प्रधानमन्त्री कार्की

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेश बन्न दिन नहुने बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी समेत गर्नुभयो । उहाँले राजनीतिक दल र जेनजीका समूहहरुले दैनिक रुपमा सरकार छोड् भन्दै गाली-गलौज गर्ने गरेको गुनासाे समेत गर्नुभएकाे छ।

सबैतिरबाट गाली आएको बताउदै उहाँले दु:ख व्यक्त गर्नुभयो। आफूहरु अहिले धैर्यधारण गरेर सबै कुरा सहेर बसेको समेत उहाँले बताउनुभएकाे छ। प्रधानमन्त्री कार्कीले कतै जाँदा पनि सुख नहुने अवस्थामा आफूहरु रहेको बताउनुभयो।