दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीको शानदार शतक, भारतलाई बलियो अवस्थामा पुर्‍यायो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 भारत र दक्षिण अफ्रिकाबीच जारी तीन एकदिवसीय खेलहरूको शृङ्खलामा भारतीय स्टार ब्याट्सम्यान विराट कोहीले दोस्रो खेलमा पनि शतकीय प्रदर्शन दोहोर्याएका छन्। उनले ९० बलमा व्यक्तिगत १०० रन पूरा गर्दै एकदिवसीय क्रिकेटमा आफ्नो ५३-औँ शतक दर्ता गरे।

दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएपछि भारतका स्ट्यान्ड-इन कप्तान केएल राहुलको नेतृत्वमा टिमले बलियो सुरुआत पाएको हो।

यसअघि राँचीमा सम्पन्न पहिलो खेलमा भारतले १७ रनको जित निकालेको थियो। त्यो खेलमा समेत कोहलीले १३५ रनको धुआँधार इनिङ्स खेल्दै टोलीलाई विजयको बाटो देखाएका थिए। उनका लगातार उत्कृष्ट प्रदर्शनहरूले श्रृङ्खलामा भारतको पकड झनै मजबुत बनेको छ।

कोहलीलाई क्रिकेट विश्लेषकहरूले ‘बिग म्याच प्लेयर’ भन्दै फेरि एकपटक ठूलो अवसरमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रशंसा गरेका छन् ।