दिल्लीमा बायु प्रदुषण फेरि खतरनाक अवस्थामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बुधवार दिल्लीको एअर क्वालिटी इन्डेक्स एक्यूआई ३ सय ७६ माथि अर्थात निकै खराब अवस्थामा पुगेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

सीपीसीबीका अनुसार दिल्लीका धेरै स्थानमा एक्यूआई ४ सय भन्दा माथि पुगेको छ । सबै प्रमुख स्थानमामा वायु गुणस्तर गम्भीर तहमा पुगेको समाचारमा जनाइएको छ । वायु प्रदुषणबाट दिल्लीको जनजीवन नराम्ररी प्रभावित भएको छ भने श्वासप्रश्वास र आँखा सबन्धी संक्रमण निकै बढेको बताइएको छ ।

अहिले पाकिस्तानको लाहोर शहर विश्वमै सबैभन्दा प्रदूषित शहरको सूचिमा पहिलो नम्बरमा रहेको छ भने दिल्ली दोस्रो नम्बरमा रहेको छ । बङ्गलादेशको राजधानी ढाका वायु प्रदूषणको सूचिमा तेस्रो नम्बरमा परेको छ ।