एनपीएलमा आज दुई खेल हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ। पहिलो खेल बिहान ११ः४५ बजे हुने छ भने जनकपुर बोल्ट्सले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्।

जनकपुर लगातार चार खेलमा पराजित भएकाे छ। यता चितवनले भने चार खेलमा दुई जित निकालिसकेको छ र आजको खेल जितेर प्लेअफमा स्थान बनाउने सम्भावना अझ मजबुत बनाउने लक्ष्यमा छ।

दोस्रो खेल अपरान्ह ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ। दुवै टोलीका लागि यो खेल बराबर महत्वपूर्ण छ। चार खेलमा एक जित मात्र हात पारेको पोखराले आज जित निकाले प्लेअफ यात्रा सहज बन्नेछ।

मंसिर १ गतेदेखि सुरु भएको प्रतिष्पर्धामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा स्थान सुनिश्चित गर्ने पहिलो टोली बनिसकेको छ।