एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । महाधिवेशन प्रचार समितिले आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी ओलीले लोगो सार्वजनिक गरेका हुन् ।
लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार, पार्टीको निर्वाचन चिह्न र पार्टीको झन्डालाई बहुभाषिक रूपमा संयोजन गरिएको छ । प्रचार समितिकी संयोजक पद्मा अर्यालले लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रूप भएको बताइन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारी पनि उपस्थित थिए ।