निःशुल्क आँखा शिविर सम्पन्न, २०७ जनाले पाए सेवा
पोखरा म.न.पा १६ हिमालय क्लवकोआयोजना तथा दृष्टि आई हस्पिटलको प्राविधिक सहकार्यमा, २०८२ मंसिर ६ गते सम्पन्न निःशुल्क आँखा स्वास्थ्य शिविरमा २०७ जनाले आँखा परीक्षण सेवा प्राप्त गरेका छन्।
शिविरमा दृष्टि आई हस्पिटलका दृष्टि विशेषज्ञ चिकित्सकहरूको टोलीले निःशुल्क परीक्षण, परामर्श तथा औषधि प्रदान गरेका थिए।
परीक्षणका क्रममा ३५ जनामा मोतीबिन्दु (Cataract) समस्या पहिचान गरिएको छ। साथै मोतीविन्दु पहिचान भएका सम्पूण विरामीको निशुल्क अपरेशन (सर्जरी)दृष्टी मा गरिने छ ।
दृष्टि आई हस्पिटलले समुदायमै पुगेर गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ र यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।