राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्ने बताएको छ। सिमरा घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्दै प्रवक्ता मनीष झाले सरकारको ध्यानाकर्षण गराएका हुन्।
बाराको सिमरा क्षेत्रमा बुधबार एमालेका कार्यकर्ता र जेन–जी समूहबिच झडपपछि वातावरण तनावग्रस्त बनेको छ। झडपको क्रममा सिमराचोकमा स्वागतद्वार भत्काउने र सार्वजनिक स्थानमा तोडफोड गर्ने घटनासमेत भएका छन्।
साे घटनाबारे झाले भनेका छन्, ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ।’