ललितपुरको एकजनाको हत्या भएको छ । हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन्।
मंगलबार साँझ ललितपुर महानगरपालिका- २२ खोंइचामा ५५ वर्षका धने भन्ने धनबहादुर तामाङको हत्या भएको हो। हत्या आरोपमा स्थानीय ८१ वर्षीय कान्छा पुतुवारलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ।
पतुवारको घरमा बस्ने एक महिलासँग तामाङको आर्थिक लेनदेन रहेको र सोही विवादमा मंगलबार साँझ गएर उनले झगडा गरेका थिए। मदिरासमेत सेवन गरेका तामाङलाई विवाद नगर्नभन्दा धकेलाधकेल भएको थियो। जसक्रममा बिजुलीको पोलमा टाउको ठोक्किएर उनको मृत्यु भएको हो। घटनापछि भागेका पतुवारलाई बुधबार ललितपुर–२५ बाट पक्राउ गरीएको ललितपुर परिसरका एसपी चक्रराज जोशीले बताए।