सरकारले रिक्त स्थानमा राजदूत नियुक्ति नगर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सरकारले रिक्त रहेका स्थानमा राजदूत नियुक्ति नगर्ने भएको छ। अन्तरिम सरकारसँग समय धेरै नरहेकाले राजदूत नियुक्त नगर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रस्ट पारे।

‘प्रधानमन्त्री सुशीला कार्कीज्यूले के स्पष्ट रूपमा भनिसक्नुभएको छ भने सरकारले रिक्त रहेको ठाउँमा अरू राजदूतहरू नियुक्त गर्दैन। किनभने यो अन्तरिम सरकार हो, अन्तरिम सरकार भएकाले हाम्रो अवधि कति छ भन्ने कुरामा हामी जानकार छौँ,’ उनले भने।

परिवर्तित अवस्थामा केही राजदूतहरूको भूमिकाका कारण उनीहरूलाई फिर्ता बोलाउनुपरेको पनि मन्त्री खरेलले स्पष्ट पारे।

उनले भने, ‘कतिपय राजदूतहरूको पारदर्शिताका कुरा, आर्थिक कुरा पनि जोडिएको देखिएको छ। कतिपय राजदूतहरू प्रभावकारी नभएको देखिएको छ। कतिपय राजदूतहरू सरकारलाई, देशलाई सहयोग गर्नेभन्दा पनि व्यक्तिगततिर गएको हो कि भन्नेजस्तो देखिएर फिर्ता गर्नुपरेको हो।’