राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्री खनालको निर्देशन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक बसेको छ ।

उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक(नेपाल प्रहरी, महानिरीक्षक(सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक(राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक(भन्सार विभाग, महानिर्देशक(आन्तरिक राजस्व विभाग, महानिर्देशक(राजस्व अनुसन्धान विभाग, महानिर्देशक( सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको थियो ।

 

बैठक अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुतिबाट सुरु भएको थियो।

उक्त बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्ला स्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, राजस्व चुहावट नियन्त्रणका लागि सबैको सामूहिक प्रयास, सबै निकायहरू वीच सूचनाको आदान प्रदान, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरू अन्य कार्यालयहरू/निकायहरूमा गर्ने र जिल्ला स्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरूलाई पनि अनलाइनमा जोडी संयुक्त रूपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थ मन्त्रीले निर्देशन दिएका छन्।