बाँकेको नौबस्ता कारागारबाट फरार कैदीबन्दी बर्दियामा पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाँकेको नौबस्ता कारागारबाट भागेको कैदीबन्दीलाई बर्दियामा पक्राउ गरिएको छ । जेनजी आन्दोलनको क्रममा भदौ २५ गते नौबस्ता कारागारबाट भागेका गुलरिया नगरपालिका’५ का  २३ वर्षीय राम चरण चौधरीलाई बुधबार पक्राउ गरिएको हो ।

चौधरीले  बलात्कार मुद्दामा कैद सजाय पाएका थिए । जेनजी आन्दोलन हुँदा भदौ २५ गते कारागारबाट चौधरी भागेका थिए । कारागारबाट भागेको करिब दुई महिनापछि चौधरीलाई जिल्ला प्रशासन कार्यालयबाट पक्राउ गरिएको छ ।  कारागारबाट भागेका  चौधरी नागरिकताको प्रतिलिपि निकाल्न आउँदा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विमल गुरुङले बताए ।

उनले भने, ‘चौधरीले गुलरिया नगरपालिका-५ वडा कार्यालयबाट नागरिकताको प्रतिलिपि निकाल्न आएका थिए । चौधरीले ल्याएको सिफारिस अनुसारको विवरण हेर्दा चौधरी कारागारबाट भागेको भन्ने थाहा पाउने बितीकै पक्राउ गरि   प्रहरीलाई बुझाइएको छ ।’