दृष्टि आँखा अस्पताल र पोखरेलि ट्याक्सी बिच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा:दृष्टि आँखा अस्पताल र पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की बिच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट
पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की र गन्डकि प्रदेश कै पहिलो निजि आखा अस्पताल दृष्टि आँखा अस्पतालबीच आँखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की का सदस्य तथा कर्मचारीले दृष्टि आँखा अस्पतालमा आँखासम्बन्धी उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन । पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की का अध्यक्ष शोभाकान्त ढकाल र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्री ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यस सहकार्यको मुख्य उद्देश्य कास्की जिल्ला तथा पोखरा महानगरपालिका मा रहेका दुवै संस्था मिलेर उद्योगी, व्यवसायी र दैनिक ज्यालादारी गर्ने मजदुरसमेतलाई सहज स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु रहेको छ

सम्झौताको प्रावधानअनुसार, सस्थाका सदस्य वा कर्मचारीले आफ्नो परिचयपत्र वा सस्थाको सिफारिस पत्र देखाएर सजिलै सेवा लिन सक्नेछन्। यसरी उपचार गराउँदा उनीहरूलाई ओपीडी सेवामा १५ प्रतिशत, चेकजाच र प्रयोगशालामा २५ प्रतिशत, चश्मा र चस्माजन्य सामाग्रीमा ३० प्रतिशत सम्म र फार्मेसी सेवामा १० प्रतिशत छुट दिइनेछ। पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की का अध्यक्ष शोभाकान्त ढकाल ले समाजमा दैनिक ज्यालादारी गर्ने मजदुरदेखि मध्यम र ठुला ब्यवसायि सम्मलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यो सम्झौता महत्त्वपूर्ण रहेको बताए । उनले नेपाल सरकारको स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष र भारतीय भुतपुर्व सैनिकका लागि ECHS स्वास्थ्य सेवा समेत अस्पतालले सेवा दिइरहेको हुँदा यो सहकार्य अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे । पोखरेलि ट्याक्सी सेवा प्रा लि कास्की मा कुल १५६१ जना सेयर सदस्य रहेका छन ।
यो सम्झौता आजको मितिदेखि २ बर्ष सम्म लागू हुनेछ ।