प्रधानमन्त्री र दलसँगको बैठकमा जेन–जीका यी प्रतिनिधि सहभागी हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सरकार, राजनीतिक दल र जेन–जीबिचको त्रिपक्षीय बैठकमा जेन–जीका १३ प्रतिनिधि सहभागी हुँदै छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संयुक्त बैठकमा मिराज ढुंगाना, मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी हुनेछन्।

२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीले दल र जेन–जीसँग छलफल गर्न लागेकी हुन्। बैठक अपराह्न ४ बजे बालुवाटारमा बोलाइएको छ।