बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका-९गुरुवागाउँ नमुनाटोलका ४० वर्षीय इन्द्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

खत्रीलाई सामुदायिक वनमा बिहान आठ बजे घाँस काट्न गएको बेला बाघ आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनको शव आज क्षतविक्षत अवस्थामा फेला परेको थियो । शरीरको मासु खाएको, टाउको र खुट्टा छुट्टिएको अवस्थामा शव भेटिएको हो।

बाघले पटक-पटक मान्छेलाई आक्रमण गरेको भन्दै स्थानीयले निकुञ्ज प्रशासनविरुद्ध आक्रोश पोखेका छन्।