झिङ्गाले सरापेर एमाले घट्दैन, झन् मौलाउँछ’: प्रचण्डको अवसरवादी यात्राले देश खत्तम भएको भन्दै एमाले नेता बस्नेतको कडा कटाक्ष!

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा। नेकपा (एमाले)का युवा नेता तथा पोखरा महानगर कमिटीका सचिव सुशील बस्नेतले पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अवसरवादी राजनीतिले देशलाई विनाशको दिशामा लगेको भन्दै गम्भीर आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेता बस्नेतले प्रचण्डको राजनीतिक यात्रा पार्टी बचाउमा मात्र केन्द्रित रहेको बताएका छन्। उनले प्रचण्डको हरेक राजनीतिक कदमलाई ‘आशिर्वाद’ खोज्ने प्रवृत्तिको संज्ञा दिएका छन्।

बस्नेतका अनुसार:

• २०७४ सालमा प्रचण्डले ‘एमालेको आशिर्वादले’ आफ्नो पार्टी बचाए।

• २०७९ सालमा ‘काँग्रेसको आशिर्वादले’ पार्टीको अस्तित्व जोगाए।

• पछिल्लो समय उनले ‘घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को आशिर्वाद’ खोज्दै पछि पछि लागे।

• अहिले ‘घण्टी पनि टुटफुट भएपछि’ उनी ‘जेन जी को शरणमा परेका छन्’।

बस्नेतले प्रचण्डलाई ‘बिचरा’ भन्दै उनको ‘योजना र षड्यन्त्रले देश खत्तम भएको’ आरोप लगाएका छन्।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीको उछितो काटेकोमा तीव्र आक्रोश व्यक्त गर्दै उनले कडा चेतावनी दिएका छन्। बस्नेतले भने, “हेक्का रहोस तिमीहरू जस्ता झिङ्गा ले सरापेर एमाले घट्ने होइन झन मौलाएर जानेछ हेक्का रहोस्।”