दरबारमार्ग वृत्तबाट लुटिएका गोलीसहित दुई युवक पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते दरबारमार्ग वृत्तबाट लुटिएको गोलीसहित काठमाडौंबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको बढैया गाउँपालिका-३ घर भई हाल काठमाडौँको कपनमा डेरा गरी बस्ने वर्ष १७ को अनिश गिरी र काठमाडौँको मालिगाउँ आनन्द भैरव मार्गमा बस्ने वर्ष १६ को सोनम थापा मगर रहेका छन् ।

उनीहरुको साथबाट भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली फेला परेकाले थप अनुसन्धान एवं कारबाहीको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।