नक्कली पेस्तोल देखाई चोरी एवं लुटपाट गर्ने पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नक्कली पेस्तोल देखाई चोरी एवं लुटपाट गरेको आरोपमा पोखराबाट एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–२०, भलाम बस्ने २४ वर्षका सुजन विक रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

पक्राउ परेका विकले सोमबार राति अन्दाजी ८ः५० बजेको समयमा पोखरा– १२ शीतलादेवी बस्ने देवीकला अधिकारीलाई पेस्तोल देखाई लुटपाट गरेका थिए।

पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले विकलाई नक्कली पेस्तोल एक थान र लुटपाटका क्रममा प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको बस्नेतले जानकारी दिए।

पक्राउ परेका विकका सम्बन्धमा प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।