सन्दीप लामिछाने बने प्लेयर अफ द म्याद

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा  कतारमाथि रोमाञ्चक जितका नायक बनेका सन्दीप लामिछानेले प्लेयर अफर द म्याचको अवार्ड पाएका छन्। ३.५ ओभरमा उनले ५ विकेट लिएर १८ रन दिएका थिए।

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन चाहिएको अवस्थामा उनले ४ रन मात्र दिएर दुई विकेट लिई अलआउट गराएका थिए। सोमबारको खेलमा कतारको पहिलो विकेट पनि उनैले लिएका थिए।

टी–२० आईमा उनले दोस्रो पटक ५ विकेट लिएका हुन्। साथै, नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा २५० विकेट लिने उनी पहिलो बलर बनेका छन्।