मुग्लिन–नारायणगढ सडक ६ घन्टापछि सञ्चालनमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ ६ घन्टापछि सञ्चालनमा आएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा साँझ ६ बजेबाट सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ।

तुइनखोला नजिक पहिरो आउँदा सडक अवरुद्ध भएको थियो। पहिरो झरिरहेकै अवस्थामा पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो। पहिरोका कारण दशैंको समयमा गन्तब्यतर्फ लागेका हजारौं यात्रु अलपत्र परेका थिए।