पोखरा, चैत ११ गते ।पोखरा–७ मासबारमा रहेको श्रीकृष्ण माध्यामिक विद्यालयले शिलालेख स्तम्भ अनावरण तथा कक्ष उद्घाटन गरेको छ । महायज्ञ गरि विद्यालयमा निर्माणको क्रममा सहयोग गरेका चन्ददाताको शिलालेख बुधबार विधिवत रुपमा अनावरण गरिएको हो ।
शिलालेखको वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाचन्द्र बराल लगायतले अनावरण गरेका थिए । वडा अध्यक्ष आचार्यले सबैको सहयोगले विद्यालय निर्माण सफल भएको भन्दै शिलालेखमा नाम राखिनु उहाँहरुको सम्मान गरिएको बताए । महायज्ञ सफल बनाउन लागि पर्ने सम्पूर्ण समितिलाई उनले धन्यवाद दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरालका अनुसार यो शिलालेख २०७० मा निर्माण थालनी गरिएपनि बल्ल सार्वजानिक गरिएको बताए । उनले विद्यालय निर्माण महायज्ञ गरी थप व्यवस्थापनमा सहयोग पुगेको उल्लेख गरे । कार्यक्रमको सञ्चालक विद्यालयका सहप्रध्यानध्यापक दिनेश बरालले गरेका थिए ।