
काठमाडौं : हिजोदेखि सक्रिय रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टामा देशका अधिकांश भू-भागमा मेघगर्जन/चट्याङ, असिना तथा हावाहुरीसहित वर्षा भएको छ।
हाल लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यो प्रणाली क्रमशः पूर्वतिर सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना रहेको छ।