वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम वितरण भइरहेकाले लिन सक्नुहुनेछ।’ यस्ता सूचना र विज्ञापन आजभोलि निजी विद्यालयका वेबसाइट र सूचनापाटीमा देख्न सकिन्छ।

वार्षिक परीक्षा सम्पन्न नहुँदै काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रका अधिकांश निजी विद्यालयले शिक्षा नियमावली विपरीत नयाँ शैक्षिक सत्र, २०८३ का लागि भर्ना प्रक्रिया सुरु गरेका हुन्।