कास्कीमा महावीर पुनमाथि दुर्व्यवहार, जेनजी २.० को गम्भीर ध्यानाकर्षण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्की ।

गण्डकी प्रदेशको कास्की जिल्लामा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनमाथि भएको दुर्व्यवहारपूर्ण घटनाप्रति जेनजी २.० ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले जारी गरेको प्रेस वक्तव्यमा देशका लागि विज्ञान, नवप्रवर्तन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका पुनमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद, निन्दनीय र अस्वीकार्य भएको उल्लेख गरिएको छ।