देशैभरी जारी मतगणनाको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ।
हालसम्मको विवरण अनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको हाे। नेकपा एमाले ६ क्षेत्रमा अगाडि रहेको छ। नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको हाे। त्यस्तै, नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ। अहिलेसम्म कुनै पनि क्षेत्रमा अन्तिम विजेता घोषणा भइसकेको छैन। तर काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएकी
देशको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन। कुलमान घिसिङको नेतृत्वमा बनेको नयाँ पार्टी ‘उज्यालो नेपाल’ ले पनि काठमाडौं क्षेत्र-३ मा अग्रता बनाउन सकेको छैन। देशैभरीको प्रारम्भिक मतपरिणाम हेर्दा शुरुवाती चरणबाटै रास्वपाले उल्लेख्य अग्रता बनाइरहेको देखिएकाे छ ।