नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी रहेको रुकुमपूर्वको मतगणना सुरु भएको छ।
प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार बिहान ६ बजेबाट मतगणना सुरु भएको हो। धेरै टाढा रहेका ३ स्थानबाट हिजै हेलिकप्टर मार्फत मतपेटिका सदरमुकाम ल्याइएको थियो। मतगणना स्थलमा तारजाली लगाएर सुरक्षा अपनाइएको प्रमुख जिल्ला अधिकारीले बताइन्।
प्रारम्भिक मतगणनामा प्रचण्डको अग्रता देखिएको छ। उनले १४१५ मत ल्याउदै गर्दा कांग्रेसका कुशुम थापाले ४१७ मत ल्याएकि छिन। त्यस्तै एमालेका लिलामणि गौतमले ४३१ मत ल्याएका छन्। प्रगतिशील लोकतान्त्रिकका संदिप पुनले ३५ मत ल्याएका छन् भने रास्वपाका लखन कुमार थापाले १७६ मत ल्याएका छन्।
प्रमुख जिल्ला अधिकारी परियारका अनुसार आज बेलुका सम्म यहाँको नतिजन प्रकाशन गरिने छ।