कास्कीमा करिब ६२ प्रतिशत मत खस्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्कीमा करिब ६२ प्रतिशत मत खस्यो मतदान सकिएसँगै कास्कीमा मतगणनाको तयारी सुरु भइसकेको छ । निर्वाचन कार्यालयले मतदान सकिएसँगै मतगणनाको पनि तयारी थालेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्कीका ३ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट साढे २ घण्टाभित्रै मतपेटिका

आजै राति ११ बजेबाट मतगणना सुरु गर्ने गरी तयारी गरिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । उनका अनुसार कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थल तोकिएको छ भने सुरक्षाका लागि सीसीटीभी र तारजालीको व्यवस्था गरिएको छ ।

क्षेत्र नम्बर १ को मतगणना १२ नम्बर वडा कार्यालयमा हुनेछ भने २ को ड्यामसाइडस्थित सिँचाइ डिभिजन कार्यालय र क्षेत्र नम्बर ३ को मालेपाटन स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमै मतगणना हुनेछ ।

मतगणना स्थलको सुरक्षालाई लिएर निर्वाचन आयोगले सीसीटीभी जडानलाई प्राथमिकता दिएको छ । ‘मतगणना स्थल र मतपेटिका भण्डारण गर्ने कोठा दुवै ठाउँमा सीसीटीभी क्यामेरा जडान भएका छन् । सुरक्षाका लागि तारजालीको प्रयोग पनि गरिएको छ,’ उनले भने, ‘सबै क्षेत्रको गणनास्थल तयार भइसक्यो । अब केही घण्टाभित्रै मतपेटिका गणना स्थलमा ल्याउने योजना बनाइएको छ ।’

राति ढिलोमा साढे ९ बजेसम्म सबै मतपेटिका संकलन भैसक्ने उनले सुनाए । ‘कास्कीको सबैभन्दा टाढाको दुरीमा रहेको छोम्रोङबाट पनि गाडी र पैदल गरी अढाई घण्टाभित्र मतपेटिका ल्याउन सकिनेछ,’ उनी भन्छन्, ‘बेलुका ७ बजेपछि सार्वजनिक सवारीसाधन चल्ने र निजी सवारीको चाप कम हुने हुँदा मतपेटिका ढुवानीमा समस्या हुनेछैन ।’

कास्कीमा मतगणना छिटो सक्नका लागि प्रत्येक निर्वाचन क्षेत्रमा ३–३ वटा समूह बनाएर गणना गर्ने योजना बनाइएको छ । निर्वाचन आयोगले प्रत्येक २–२ घण्टामा मतगणनाको अपडेट सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ । कास्कीमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

गणनास्थलमा ल्याइसक्ने योजना छ ।