रसुवा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा ४ बजेसम्म ५२ प्रतिशत मत खसेको छ । रसुवाका मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीका अनुसार ४ बजेसम्म ५२ प्रतिशत मतदाताले मतदान गरेका छन् । उप्रेतीका अनुसार सबैभन्दा धेरै ग्राङ मतदान केन्द्रमा ६१ प्रतिशत भन्दा धेरै मत खसेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा ४१ हजार ४ सय ७७१ मतदाता छन् । जसमध्ये २१ हजार १ सय ४१ पुरुष र २० हजार ३ सय २९ महिला मतदाता र १ जना अन्य मतदाता छन् ।