बागलुङमा घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
जिल्लाको ढोरपाटन नगरपालिका– १, बुर्तिबाङ बजारका दुई वर्षीय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते भएका हुन् ।
बिहीबार दिउँसो २ बजेको समयमा घरको छतमा खेलिरहेका पुन खसेर गम्भीर घाइते भएपछि उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको हो ।
ढोरपाटन नगरपालिका–३, पुर्काेट घर भई बुर्तिबाङ बजारमा भाडाको घरमा बस्दै आएका घाइते हेन्सलको अवस्था गम्भीर देखिएपछि बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्तजंग पाण्डेले जानकारी दिए ।