इरानले जारी युद्धको बीचमा रूसलाई हतियार आपूर्ति गर्न कुनै अनुरोध नगरेको रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कभले बताएका छन् ।पत्रकारले मास्कोले इरानलाई हतियारसमेत सहयोग दिने योजना बनाएको छ कि छैन ? भनेर सोधेका थिए । यसको जवाफमा पेस्कभले भने, ‘यस सन्दर्भमा इरानी पक्षबाट कुनै अनुरोध आएको छैन । हाम्रो स्थिर स्थिति सबैलाई ज्ञात छ र यसमा कुनै परिवर्तन भएको छैन ।’
गत वर्ष इरानले रूससँग २० वर्षे रणनीतिक साझेदारी सम्झौता सम्पन्न गरेको थियो । यसअघिका सम्झौताअन्तर्गत, रूसले इरानको एक मात्र आणविक विद्युत् गृह बुशेहर आणविक ऊर्जा केन्द्रमा दुई नयाँ न्यूक्लियर युनिट निर्माण गर्दैछ भने इरानले युक्रेनमाथि प्रयोग गर्नका लागि रूसलाई शाहेद ड्रोन उपलब्ध गराएको थियो ।