
काठमाडौं ।
भोलि हुने प्रतिनिधि सभा निर्वाचनको दिन पत्रकारहरूले सूचना विभागले जारी गरेको परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालय वा निर्वाचन आयोगले जारी गरेका कार्ड देखाएर हिँडडुल गर्न पाउने भएका छन् ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सूचना संकलन तथा सम्प्रेषण गर्न पत्रकारहरूले सूचना विभागले जारी गरेको प्रेस परिचय पत्र वा सञ्चार रजिस्ट्रारको कार्यालयबाट जारी भएका कार्ड देखाएर सवारी चलाउन र हिँडडुल गर्न सक्ने बताउनुभयाे ।
आयोगले सूचना विभागको कार्ड नभएका पत्रकार र कर्मचारीलाई पास वितरण गरेको छ। आयोगले उपलब्ध गराएको पास नभएकाहरूले सूचना विभाग र सञ्चार रजिस्ट्रारको कार्यालयबाट लिएका कार्ड देखाएर हिँडडुल गर्न सक्नेछन्। आयोगले यस विषयमा सुरक्षा निकायलाई पनि जानकारी दिइसकेको छ।