
मुस्ताङ ।
हिमालपारीको जिल्ला मुस्ताङमा कांग्रेस बाहेक दलले उमेदवारी खारेजीको माग गर्दै आन्दोलन गरेका छन् ।
मौनअवधिको समयमा नेपाली कांग्रेसका नेता ५ लाख नगद सहित समातिएपछि अन्य दलले कांग्रेसको उमेदवारी खारेज गर्नुपर्ने माग राखेर आन्दोलन गरेका हुन।
आन्दोलनरत दल सहित बुधबार भएको सर्वदलीय बैठक निष्कर्ष विहिन भएका छन। ७ दलले कांग्रेस उम्मेदवारको दर्ता खारेजीको मागलाई जारी राखेपछि बैठक निष्कर्षविहिन भएको हो ।
मंगलबार लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट लोमान्थाङतर्फ जाँदै गरेको ग १ च ६५२४ नम्बरको सवारी साधनबाट पाँच लाख रुपैयाँ नगद बरामद भएको थियो ।
प्रहरीले राजनीतिक दलका प्रतिनिधिको रोहबरमा खानतलासी गर्दा मतदाता नामावलीको प्रतिलिपि र मतदान केन्द्रमा रकम बाँड्ने स्थान उल्लेख गरिएको डायरीसमेत बरामद भएको थियो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले नगद र गाडी नियन्त्रण लिइसकेको र सुरक्षा तैनाथी बढाइएको बताउनुभयो ।