रतन कार्की चितवनबाट पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं ।

युट्युबर रतन कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुधबार चितवनबाट उनलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजीअबिनारायण काफ्लेले जानकारी दिएका छन्।

सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशित गरेको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको प्रवक्ता काफ्लेले बताएका छन्।

कार्की हालै सम्पन्न हुन लागेको निर्वाचनका लागि जापानबाट स्वदेश फर्किएको बताएका थिए।