दुबई विमानस्थलको अवरोधपछि कुटुम्बका सदस्य लन्डनमा अलपत्र

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं ।
दुबई विमानस्थलमा देखिएको अवरोधका कारण एमिरेट्स एयरलाइन्स को उडान आकस्मिक रूपमा रद्द भएपछि सांगीतिक समूह कुटुम्ब (Kutumba) का सदस्यहरू हाल लन्डनमा अलपत्र परेका छन्।

विमानस्थलमा देखिएको अवरोधका कारण निर्धारित समयमा उडान सञ्चालन हुन नसक्दा उनीहरू समयमै स्वदेश फर्किन नसक्ने भएका हुन्।

यस अवराेधका कारण आसन्न निर्वाचनमा मतदान गर्न नपाउने सम्भावना बढेको भन्दै समूहका सदस्यहरूले दु:ख व्यक्त गरेका छन्। निर्वाचनमा सहभागी हुनु आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै उनीहरूले अनपेक्षित अवरोधले आफूहरूलाई समस्यामा पारेको बताएका छन्।

कुटुम्ब समूहले दुबई विमानस्थलको समस्या छिटो समाधान हुने अपेक्षा व्यक्त गर्दै एमिरेट्ससँग स्पष्ट जानकारी र यथाशीघ्र पुनः उडानको व्यवस्था मिलाइदिन आग्रह गरेको छ। साथै, आफ्नो अवस्थाबारे चासो र समर्थन जनाउने सबैप्रति धन्यवाद दिँदै छिट्टै स्वदेश फर्किने आशा व्यक्त गरेको छ।