जेनजी विद्रोहले अपदस्त गरेका तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत प्रतिस्पर्धामा रहेको झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन शाहको पक्षमा उत्साहका साथ चुनावी पैदल यात्रा जारी राखिएको छ।
०४८ सालदेखि हालसम्म एक पटक मात्र ओलीले चुनावमा पराजय भोगेको क्षेत्रमा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनले जित निकाल्ने प्रक्षेपण सर्वसाधारणले गरिरहेका बेला गाउँ, सहरलगायतका क्षेत्रमा पैदल यात्रा जारी राखिएको हो।
यसक्रममा मतदातालाई जानकारी गराउने, चुनावी प्रचारका क्रममा परिवर्तन किन आवश्यक भन्नेलगायतका जानकारी गराउने गरिएको सहभागीले बताएका छन्।
ज्येष्ठ नागरिकदेखि युवाहरुको सहभागीता बाक्लो रहेको छ। ‘निर्वाचन क्षेत्रका विभिन्न ठाउँ नै घन्टीमय देखिएको छ’, सहभागीले बताएका छन्।
यता बालेन भने रास्वपा सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकाको रोड शो र अभियानमा सक्रिय रहेको भेटिएका छन्।








