उम्मेदवारले डलरमा गरेको खर्च पनि निर्वाचन खर्चको सीमाभित्रै गणना गरिने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा उम्मेदवारहरूले विदेशी मुद्रा (डलर) मा गरेको खर्चलाई पनि नजिकबाट ट्रयाक गरिरहेको बताएको छ ।

आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली रुपैयाँमा होस् वा डलरमा उम्मेदवारले गरेको सम्पूर्ण खर्च निर्वाचन खर्चको तोकिएको सीमाभित्रै गणना हुने बताउनुभएको हो । यसका साथै, डलर खर्चको सन्दर्भमा वैदेशिक सटही सुविधा सम्बन्धी प्रचलित कानूनहरू पनि आकर्षित हुने उहाँकाे भनाइ छ । सोही अनुसार कारबाही अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो ।

यातायात व्यवसायीहरूलाई निर्वाचनको संवेदनशीलता बुझेर समय व्यवस्थापन गर्न आग्रह गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।