सरकारले अझै निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेकाे अध्यक्ष ओलीकाे जिकिर

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनुभएकाे छ।

झापाको दमकमा शुक्रबार अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’लाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत उहाँकाे जििकर छ। मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्‌ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उहाँकाे दावी थियाे ।

एमाले चुनावबाट नभाग्ने भएकाले देशैभरी त्यसैमा केन्द्रित भएको उल्लेख गर्दै उहाँले चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने जिकिर गर्नुभयाे । त्यसपछि एमालेले देशमा आइपरेका समस्याको समाधान निकाल्ने अध्यक्ष ओलीकाे दावी छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै प्रकारका धाँधली एमालेलाई मान्य नहुने समेत बताउनुभयाे। चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उहाँको भनाइ छ । कार्यक्रममा उहाँले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यसलाई चिर्ने काममा लाग्न पनि आग्रह गर्नुभयाे ।

कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासा सम्बोधन गर्दै उहाँले कुनै पनि पार्टीले कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने जवाफ दिनुभएकाे छ ।एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म लैजान पनि उहाँले युवा तथा विद्यार्थीहरूलाई अपिल गर्नुभयाे ।