
। पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नयाँ रुप लिएको छ ।
पछिल्लो प्रतिवेदन अनुसार पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको देखाएकाे हाे । अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दावी गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिवान सदस्य मारिएका र २ सय भन्दा बढी घाइते भएको दावी गरेकाे बीबीसीले जनाएको हाे। तर तालिवानले कुनै क्षति नभएको दावी गरेको छ ।
पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले देशको सेनाको जवाफी कारबाहीको प्रशंसा गर्दै आफ्नो शान्तिलाई कमजोरी सम्झनेहरूले कडा जवाफ भोग्ने चेतावनी दिनुभएको छ । तालिवानले कांधार र हेलमण्डमा पाकिस्तानी सैनिक इलाकाहरुमा प्रतिकारात्मक हमला गरेको उल्लेख गरेको थियो ।
सन २०२५ अक्टोबरमा दुई देशबीच अस्थायी शान्ति सम्झौता भए पनि पछिल्लो समय सीमा क्षेत्रमा आक्रमण जारी रहेकाे छ। दुवै पक्षले एकअर्कालाई पहिले आक्रमण गरेको आरोप लगाउँदै आएका हुन् ।