गगनलाई रविले भने : २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउने कानुनको ज्ञान आयो ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काँग्रेस सभापति गगन थापालाई २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउन कानुन फेर्ने ज्ञान आएको भन्दै व्यंग्य गरेका छन् ।

लामेछानेले थापालाई लक्षित गर्दै भने, ‘२०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला ।’

सभापति लामिछानेले भने, ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’

केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने बताएका थिए ।मुलुकमा अब विकास निर्माणको युग सुरु भएको उनले बताए ।

उनले निर्माण व्यवसायीरूलाई भने, ’तपाईँसँग भएका उपकरण पर्याप्त छैनन् होला । विज्ञप्ति निकाल्नुपर्दैन, केके उपकरण ल्याउने हो, कसरी ल्याउनुपर्ने हो ल्याउनुस् । अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन ।’
अब देश विकास निर्माणको बाटोमा अगाडि बढेको उनको भनाई थियो ।

धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए ।