झापा उत्रिए रवि, इटहरीमा बालेनसँगै परिवर्तन सभा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

दमक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने झापामा उत्रिएका छन्।

भद्रपुरस्थित विमानस्थलमा उनको स्वागतका लागि ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्ता पुगेका थिए।

लामिछाने झापाका निर्वाचन क्षेत्रहरु १, २, ३, ४ र ५ मा विभिन्न कार्यक्रममा सहभागी भई प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका बरिष्ठ नेता बालेन शाहसँगै कोशी प्रदेशको परिवर्तन सभाका लागि इटहरी जानेछन्।

इटहरीमा हुने सभामा बालेन र रविको सम्बोधन हुने बताइएको छ। सभाका लागि सबै तयारी पूरा भएको रास्वपाले जनाएको छ।