एनआरएनए १२औं महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन  गरिएको छ।

संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को उपदफा १७.२ अनुसार दुई वर्षको कार्यकालका लागि ७४ जना पदाधिकारीहरूको चयनका लागि  निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।
निर्वाचन फागुन ३० देखि चैतमा सम्पन्न गरिने संघले जनाएको छ।

एनआरएनएको १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।  निर्वाचनले संघको आगामी दुई वर्षको नेतृत्व तय गर्नेछ।