साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सीमा संवाद समूहद्वारा प्रत्येक वर्षझैँ यस वर्ष पनि मानव महाकुण्ड नामले परिचित मिथिला मध्यमा परिक्रमा अवसरमा नेपाल–भारतबाट आउने साधु–सन्त, महन्थ, श्रद्धालु तथा तीर्थयात्रीहरूको सेवाका लागि हेल्प डेस्क सञ्चालन गरिएको छ ।

उक्त हेल्प डेस्कमार्फत निःशुल्क स्वास्थ्य शिविर, शुद्ध पिउने पानी, प्राथमिक उपचार, औषधि वितरण लगायतका आधारभूत सुविधाहरू प्रदान गरिएको छ । आयोजकका अनुसार हालसम्म हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष लाभ लिइसकेका छन् । शिविर नेपालतर्फ पर्ने परिक्रमा मार्गका सबै बासास्थलहरूमा सञ्चालन गरिने जनाइएको छ।

शिविरमा मधेस प्रदेशका सभामुख राम अशिष यादव तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का रास्वपा उम्मेदवार मनिष झासहित विभिन्न सामाजिक, राजनीतिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उनीहरूको उपस्थितिले संस्थाका पदाधिकारी तथा स्वयंसेवकहरूको हौसला अभिवृद्धि भएको आयोजकले जनाएको छ ।

त्यसैगरी शिविरमा डा। अजय मिश्रा, सिअहेब दयाकान्त झा, दिलिप मिश्रा, क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झा, सचिव मनिष श्रीओम, कोषाध्यक्ष रुबि झा, धनेश्वर ठाकुर, कृष्ण कुमार साह, रास्वपा नेता जितेन्द्र महासेठ, अम्बु प्रसाद साह, नन्दकुमार झा, बुद्धिजीवी राधारमण झा, इन्द्रेस झा लगायतको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल र भारतबाट आएका श्रद्धालुहरूले खुला सीमाको सहज आवागमनले धार्मिक आस्था, सांस्कृतिक एकता र ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाएको धारणा व्यक्त गरेका छन् । मिथिला मध्यमा परिक्रमा केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाल–भारतबिचको साझा सभ्यता, परम्परा र आत्मीय सम्बन्धको जीवन्त प्रतीकका रूपमा रहेको छ ।