चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन विश्वप्रकाश शर्माको आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिन आग्रह गरेका छन्।

सोमबार लमजुङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले जे पनि आश्वासन दिँदा भोलि समाजमा निराशा फैलिने दाबी गरेका छन्।

उनले देशमा चाहिने सुधारबारे काँग्रेसले योजना बनाएको बताए। जेन जेडको भावना देशलाई अगाडि बढाउन काँग्रेस तयार रहेको उनको भनाइ थियो।

काँग्रेस बदलिएको उनको जिकिर थियो। कोही पनि आजीवन सत्तामा बसिराख्ने बाटो बन्द गरिएको उनको भनाइ थियो।

उनले लमजुङको काँग्रेस जिल्ला कार्यालय भवन उद्घाटन गरेका छन्। त्यस्तै, बिपी कोइरालाको सालिक अनावरण गरेका छन्।