पूर्वराजा शाह झापाबाट काठमाडौँ प्रस्थान

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन् । यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएपनि उनी कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका हुन् ।

मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेको सुरक्षा स्रोतले जानकारी दियो ।  मध्यान्ह १२ बजे काठमाडौँतर्फ प्रस्थान गरेका उनी करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।