मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रसाईँलाई गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा पोखराबाट पनि पक्राउ परेका थिए । त्यसपछि गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।