झापा जिल्ला यस पटक पूर्णरूपमा सूर्यमय हुने अध्यक्ष ओलीकाे दावी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दावी गर्नुभएकाे छ ।

गृहजिल्लास्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले झापा यस पटक पूर्ण रूपमा एमालेमय हुने दावी गर्नुभएकाे हाे । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उहाँले झापालाई सूर्यमय बनाउन सबै नेता तथा कार्यकर्ता र समर्थकलाई आ-आफ्नो स्थानबाट योगदान गर्न आग्रह समेत गर्नुभएकाे छ ।

अध्यक्ष ओलीले युवाहरू एमालेको पक्षमा जनमत निर्माण गर्न सक्रिय रूपमा लागिरहेको बताउनुभयाे । युवा पुस्ताको ऊर्जा र सहभागिताले पार्टीलाई अझ मजबुत बनाउने उहाँकाे धारणा थियाे । अध्यक्ष ओलीलाई चन्द्रगढी विमानस्थलमा एमाले सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वसभामुख देवराज घिमिरे, पूर्वमन्त्री देवेन्द्र दाहाल लगायत नेता तथा कार्यकर्ता-युवाहरूले स्वागत गरेका थिए